गृहमन्त्रीलाई पाेख्रेलद्रारा ध्यानाकर्षण

जन्ताकाे जिउधनकाे सुरक्षा कस्ले गर्ने।

जनताको जिऊ धनको रक्षा कस्ले गर्ने।

२०७९ पौष १८ गते राती प्यूठान र दाङ्गको सिमाना मुरकुटीमा वार्ड कार्यालय, लघुवित्त सँथा र घरमा नगद तथा सुन चोरी । २०७९ पौष २५ गते राती स्वर्गद्वारी नगरपालिका वार्ड नं ५ सारी को वार्ड कार्यालय, श्री उमा महेश्वरी मा वी, स्वास्थ्य चौकी, खडकेश्वरी बचत तथा ऋण सहकारी संस्था, १३ वटा घर बाट नगद तथा सुन चोरी ।
२०७९ पौष २६ गते गौमुखी गाउँपालिकाको बिद्यालय र घरमा नगद तथा सुन चोरी। २०७९ पौष २७ गते झिम्रुक गाउँपालिका वार्ड नं ४,५ र ७ को घरमा श्रृङ्खला बद्ध नगद, सुन र ल्याप्टप चोरी। स्वर्गद्वारी नगरपालिका ५ मा पुनः २०७९ माघ ८ गते र ९ गते झिम्रुक गाउँपालिका वार्ड नं ५ र ८ मा निरन्तर चोरी हुदाँ पनि चोरकाे समूह लाई नियन्त्रमा ल्याउन नसक्नु स्थानिय सरकार , नेपाल प्रहरी र गृह मन्त्रालयको असक्षमता देखीन्छ।
झिमरुक गाउपालिका भित्रका बिभिन्न ठाउमा चाेरिका घटना दिन प्रतिदिन बढ्न थालेपछि झिमरुक गाउपालिका उपाध्यक्ष प्रमाेद पाेख्रलले गृहमन्त्रीलाई सुरक्षाकाे माग गर्दै ध्यानाकर्षण गराएका छन ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।